पूर्वमन्त्री बस्नेतले गरिदिए कांग्रेस कार्यालयका २५ जना कर्मचारीको बीमा
काठमाडौं, असार १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीको बीम....

काठमाडौं, असार १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीको बीमा गरिदिएका छन्।
स्वास्थ्यलाई दृष्टिगत गर्दैे पूर्वमन्त्री बस्नेतले पार्टी कार्यालय सानेपामा कार्यरत २५ जना कर्मचारीको कोरोना विशेष बीमा गरिदिएको पार्टी कार्यालयका सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कर्मचारीको कोरोना विशेष बीमा गरिदिएकोमा कांग्रेसले नेता बस्नेतप्रति आभार पनि व्यक्त गरेको छ।

प्रकाशित मिति: १९:४२ बजे, बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











