Kathmandu Press

सरकारलाई मानव अधिकार आयोगले भन्यो- अनसनरतकाे जीवन रक्षा गर

काठमाडौं, असार १७ : राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत व्यक्तिको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवा....

सरकारलाई मानव अधिकार आयोगले भन्यो- अनसनरतकाे जीवन रक्षा गर

काठमाडौं, असार १७ : राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत व्यक्तिको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ रोकथामका लागि सरकारले लागू गरेका मापदण्डको प्रभावकारी पालना गर्न अनसनरत पक्षलाई आग्रह गर्दै आयोगले  अनसनरतको जीवन रक्षाको माग गरिएको छ।

कोभिड–१९ रोकथामका लागि सरकारबाट भएका कार्यहरु प्रभावकारी हुन नसकेको भन्दै पाटन दरबार क्षेत्रमा 'इनफ इज इनफ' का अभियान्ता इशान अधिकारी (ई) सहित सुजान गुरुङ्ग, सुवानी सिजापतीलगायतका व्यक्ति ६ दिनदेखि आमरण अनसनमा बसेका छन्। आयोगमा नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चितताका लागि पहल गरी पाऊँ भनी निवेदन परेको थियो।

आयोगले अनसनस्थलमा पुगी अनसनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरेको छ। सो क्रममा अनसनरत सुजान गुरुङ्ग र सुवानी सिजापतीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लागिएको छ।

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्