ललितपुरका दुई स्वास्थ्यकर्मीसहित सात जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १७ : ललितपुरका दुई स्वास्थ्यकर्मीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये चार महिला र तीन पुरुष रहेका छन्।

काठमाडौं, असार १७ : ललितपुरका दुई स्वास्थ्यकर्मीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये चार महिला र तीन पुरुष रहेका छन्।
संक्रमितहरुमा लुुभुकी २३, सातदोबाटोकी ३४, नख्खीपोटकी ३३, र हात्तीबनकी २४ वर्षीया महिला रहेका छन्। चार महिला मध्ये दुई स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
त्यस्तै, गोदावरी नगरपालिका ११ का ६६ वर्षीय पुरुष पित्तथैलीको शल्यक्रियाको लागि मेडिसिटी अस्पताल गएका थिए। शल्यक्रिया गर्नु अघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमण पुष्टि भएका बाँकी दुई जनाको विवरण संकलन कार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १८:५३ बजे, बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










