Kathmandu Press

घुससहित चार जना पक्राउ

काठमाडौं, असार १७ : दैलेखका खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयका निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जना घुससहित पक्....

घुससहित चार जना पक्राउ

काठमाडौं, असार १७ : दैलेखका खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयका निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जना घुससहित पक्राउ गरेका छन्।

भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात् प्रमुख मल्ल र सव–इन्जिनियर वीरेन्द्र चन्दले भुक्तानीमा सहजिकरण गरिदिने भन्दै घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो। 

अख्तियारले खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार १६ रुपैयाँ नगदसमेत बरामद गरेको थियो। अख्तिायरले उनीहरु दुई जनासँगै सव–इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेसमेतलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। 

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्