स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा
काठमाडौं, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन्।
नियमित स्वास्थ्य परीक्षणक....

काठमाडौं, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन्।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली बुधबार अपरान्ह सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका हुन्।
‘प्रधानमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षण गराउन अस्पताल जानु भएको हो,’ प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले काठमाडौंप्रेससँग भने।
त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्।
प्रकाशित मिति: १७:३७ बजे, बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










