काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, असार १७ : काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार शुक्रराज ट्रपिकल अस्पताल टेकु, धु....

काठमाडौं, असार १७ : काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार शुक्रराज ट्रपिकल अस्पताल टेकु, धुलिखेल अस्पताल र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार शुक्रराज ट्रपिलक अस्पताल, टकुमा काठमाडौं दुई महिला र चार पुरुष गरी ६ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा भक्तपुरका एक जना पुरुष, पाटन अस्पतालको प्रयोगशालामा भक्तपुरका एक महिला, काठमाडौंका तीन महिला र एक पुरुष गरी चार जना तथा ललितपुरका तीन महिला र दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ हजार ४६ पुगेको छ। संक्रमितमध्ये हालसम्म ४ हजार ६ सय ५६ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर १४ सय ६२ जना घर फर्किएका छन्।










