कांग्रेसबाट सुवर्ण ज्वारचन सांसद बन्दै
काठमाडौं, असार १७ : नेपाली कांग्रेसबाट गुल्मीकी सुवर्ण ज्वारचन प्रतिनिधिसभाको सांसद बन्ने भएकी छन्।
बुधबार कांग्रेस सांसद ज्ञानकुमारी ....

काठमाडौं, असार १७ : नेपाली कांग्रेसबाट गुल्मीकी सुवर्ण ज्वारचन प्रतिनिधिसभाको सांसद बन्ने भएकी छन्।
बुधबार कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि उनले संसदमा प्रतिनिधत्व गरेको समानुपातिक जनजाति/महिला कोटामा पार्टीले निर्वाचन आयोजमा बुझाएको बन्दसूचीबाट ज्वारचन सांसद बन्ने भएकी हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ अनुसार सामानुपातिक तर्फका कुनै सांसदको निधन भएमा सोही सामावेशी समूह अन्तर्गतको पार्टीले निर्वाचन अयोगमा पठाएको बन्दसूचीको पहिलो नम्बरमा रहेका व्यक्ति स्वतः सांसद बन्न पाउने प्रावधान छ।
पार्टीले बुझाएको बन्दसूचीमा जनजाति/महिला कोटामा छन्त्यालपछि ज्वारचनको नाम छ। सोही कारण प्रतिनिधीसभा नियमावली अनुसार ज्वारचन सांसद बन्ने भएकी हुन्।
नियमावलीको नियम ४७ को व्यवस्था अनुसार सांसदको निधनको जानकारी संघीय संसद सचिवालयले आयोगलाई गराउनुपर्ने र जानकारी प्राप्त भएपछि आयोगले सम्बन्धित दललाई अर्को उम्मेद्वारको नाम मनोनयन गरी सात दिन भित्र पठाउन भन्नेछ।
तर, यसका लागि पार्टीको केन्द्रीय समिति वा सो सरहको समितिले निर्णय गर्नुपर्ने व्यवस्था नियमावलीमा छ। ‘सम्बन्धित दलले दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय अनुसार उम्मेदवारको बन्दसूचीमा कायम रहेको अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ,’ नियम ४७ को उपनियम २ मा भनिएको छ। नियम ४७ कै उपनियम ३ जुन समावेश समूहको सदस्यको पद रिक्त भएको उपलब्ध भएसम्म सोही समावेशी उम्मेदवारको मनोनयन गरी पठाउनुपर्ने व्यवस्था छ। यसरी सम्बन्धित दलले मनोनयन गरी पठाएको उम्मेदवारलाई आयोगले सदस्य पदमा निर्वाचित भएको घोषणा गर्ने छ।










