Kathmandu Press

लकडाउनका १०० दिन : दुईबाट बढेर साढे १३ हजार नाघे कोरोना संक्रमित

काठमाडौं, असार १७ : कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउन आज एक सय दिन पुगेको छ। तर, लकडाउनमा कोरोना संक्रमण भने तीव्र रुपमा बढेको छ।

द....

लकडाउनका १०० दिन : दुईबाट बढेर साढे १३ हजार नाघे कोरोना संक्रमित

काठमाडौं, असार १७ : कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउन आज एक सय दिन पुगेको छ। तर, लकडाउनमा कोरोना संक्रमण भने तीव्र रुपमा बढेको छ।

दुई जनामा कोारोना संक्रमण देखिएपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो। लकडाउनको एक सय दिन पुग्दा कोरोना संक्रमित दुईबाट बढेर १३ हजार पाँच सय ६४ पुगेका छन्। जसमध्ये २९ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण गत माघ १० गते देखिएको थियो। चीनबाट आएका युवकमा देखिएको संक्रमण निको भएपनि गत चैत पहिलो साता फ्रान्सबाट आएकी युवतीमा कोरोना देखिएको थियो। त्यसपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो।

लकडाउनको सुरुआतका केही महिनामा संक्रमण नफैलिएपनि अहिले भने तीव्र रुपमा बढिरहेको छ। दुई लाख १४ हजार सात सय ७७ नमुना परीक्षण गर्दा १३ हजार पाँच सय ६४ जनामा कोरोना देखिएको हो। अहिलेसम्म तीन हजार एक सय ९४ जना निको भएका छन्।

लकडाउन अघि काठमाडौंमा मात्रै संक्रमण देखिएको थियो भने अहिले ७७ वटै जिल्लामा कोरोना देखिएको छ। प्रदेश १ बाहेक सबै प्रदेशमा कोरोनाले ज्यान पनि लिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा तीन हजार आठ सय सात जनामा कोरोना देखिएको छ। कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने पाँच सय ९१ जना निको भएका छन्।

दोस्रो नम्बरमा प्रदेश २ रहेको छ। प्रदेश २ मा तीन हजार सात सय ९४ जनामा कोरोना देखिएको छ। जसमध्ये नौ तीन जनाको मृत्यु भएको छ भने एक हजार तीन सय ७२ जना निको भएका छन्।

त्यस्तै, सुदूरपश्चिममा दुई हजार चार सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुमध्ये पाँच जनाको मृत्यु भएको छ भने ७५ जना निको भएका छन्।

चौथो नम्बरमा कर्णाली प्रदेशमा एक हजार चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये चार जनाले ज्यान गुमाएका छन् भने पाँच सय २० जना निको भएका छन्।

गण्डकी प्रदेश पाँच नम्बरमा रहेको छ। गण्डकीमा एक हजार १७ जनामा कोरोना देखिएको छ भने दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म एक सय ३१ जना निको भएका छन्।

छैटौं नम्बरमा रहेको प्रदेश १ मा पाँच सय ९५ जनामा कोरोना देखिएको छ। जसमध्ये तीन सय ९८ जना निको भएका छन्।

सबैभन्दा कम बागमती प्रदेशमा चार सय २८ जनामा कोरोना देखिएको छ। यसबाट पाँच जनाले ज्यान गुमाएका छन् भने एक सय २८ जना निको भएका छन्।

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्