Kathmandu Press

हिमालय एयरलाइन्सका पाइलटमा कोरोना संक्रमण

काठमाडौं, असार १७ : हिमालय एयरलाइन्सका एक मेक्सिकन पाइलटलाई कोरोना संक्रमण भएको छ। विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्दै आइरहेको हिमालय एयरलायन्....

हिमालय एयरलाइन्सका पाइलटमा कोरोना संक्रमण

काठमाडौं, असार १७ : हिमालय एयरलाइन्सका एक मेक्सिकन पाइलटलाई कोरोना संक्रमण भएको छ। विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्दै आइरहेको हिमालय एयरलायन्सका एक पाइलटमा कोरोना संक्रमण देखिएको एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले बताए।

संक्रमण पुष्टि भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा राखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीससँगै अपर्टामेन्टमा बस्दै आएका अर्का पाइलटलाई भने संक्रमण देखिएको छैन। 

मेक्सिकन पाइलटमा कोरोना संक्रमण पुष्टि भएसँगै हिमालयले इमेलमार्फत अन्य पाइलट  र क्याबिन क्रूलाई सर्तकता उपनाउन इमेलमार्फत निर्देशन दिएको छ। चार वटा एयरबसका न्यारोबडी जहाज भएको हिमालय एयरलायन्समा १८ विदेशीसहित ४३ जना पाइलट र करिब ८० जना एयरहोस्टेस छन्।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्