खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
राजविराज, असार १७ : सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेम....

राजविराज, असार १७ : सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।
बिहान करिब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयले बताएका छन्। सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गरेका छन्।
प्रकाशित मिति: १३:०३ बजे, बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












