Kathmandu Press

स्थायी कमिटी बैठकस्थलबाट बाहिरिए नेकपाका सबै नेता

काठमाडौं, असार १७ : सत्तासीन दल नेकपाको बुधबार बसेको स्थायी समिति बैठक स्थगित भएको छ।

११ः२० बाट सुरु भएको बैठक एक घण्टामै स्थगित भएको हो। बै....

स्थायी कमिटी बैठकस्थलबाट बाहिरिए नेकपाका सबै नेता

काठमाडौं, असार १७ : सत्तासीन दल नेकपाको बुधबार बसेको स्थायी समिति बैठक स्थगित भएको छ।

११ः२० बाट सुरु भएको बैठक एक घण्टामै स्थगित भएको हो। बैठक स्थलबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सबै नेताहरु बाहिरिएका छन्।  बुधबार प्रतिनिधीसभाको बैठक भएका कारण बैठक स्थगित भएको हो।

 बैठक भोलि ११ बजे पुनः बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  आजको बैठकमा नन्दकिशोर प्रसाईं, योगेश भट्टराई, लीलामणि पोखरेल, पेशल खतिवडा र मातृक प्रसाद यादवले बोलेका थिए। 

पोखरेलले भने एमसीसीको विरोधमा आफ्नो मत राखेका छन्। कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको आजै निधन भएका कारण प्रतिनिधीसभामा शोक प्रस्ताव पारित हुनेछ।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्