Kathmandu Press

प्रधानमन्त्रीसँगको भेटमा योगेशको सुझाव- मृत्यु जितेर आएको तपाईंले समस्या समधान गर्नुपर्छ 

काठमाडौं, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि संकट चुलिएपछि बुधबार बिहान केही मन्त्री र स्थायी समिति सदस्यहरुसँग छलफल गरे। बालुवाटारमा भए....

प्रधानमन्त्रीसँगको भेटमा योगेशको सुझाव- मृत्यु जितेर आएको तपाईंले समस्या समधान गर्नुपर्छ 

काठमाडौं, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि संकट चुलिएपछि बुधबार बिहान केही मन्त्री र स्थायी समिति सदस्यहरुसँग छलफल गरे। बालुवाटारमा भएको छलफलमा उनले भनेका थिए, ‘मैले राजीनामा दिएर के हुन्छ? पार्टी र सरकार कसरी अगाडि बढ्छ?’

प्रधानमन्त्रीको जिज्ञासामा उपस्थित नेताहरुले पार्टीका सबै नेताहरुसँग हार्दिकतापूर्वक सम्बन्ध बनाउन सुझाव दिएका छन्। पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्रीलाई नेताहरुबीचको एकताबद्ध अवस्थाले मात्रै पार्टी र अहिलेको अवस्था सुदृढ हुन सक्ने बताएका थिए।

‘संकट आइपरेको छ। तर, हामीले ऐतिहासिक जनमत पाएका छौं। त्यसलाई रक्षा गर्नुपर्छ। नेताहरुबीचको एकताबद्ध अवस्थाले मात्रै पार्टीलाई सुदृढ गर्न सक्छ। अहिले प्रोक्सी वार चालिरहेको छ। त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो सुझाव थियो,’ भट्टराईले भने, ‘विश्वासको संकट उत्पन्न भएको छ। यसको समधान पनि आपसी संवादले मात्रै खोज्न सकिन्छ। सबैसँग राम्रो सम्बन्ध हुनुपर्छ। त्यसको पहल कदमी प्रधानमन्त्रीले लिनुपर्छ।’  

भट्टराईले सबै नेता मृत्युलाई जितेर आएकाले पार्टीभित्रको समस्या समधान गर्नुपर्ने बताएका थिए। ‘तपाईं पनि गोलघरबाट मृत्युलाई जितेर आउनुभएको हो। प्रचण्डले पनि गोलाबारूद जितेर आउनुभएको हो। धेरै नेता मृत्यु जितेर आएका छन् त्यसैले फराकिलो भएर सोच्नुपर्छ,’ उनले भनेका थिए।

प्रकाशित मिति: १२:४५ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्