Kathmandu Press

नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

सिरहा, असार १७ : नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माड....

नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

सिरहा, असार १७ : नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

महोत्तरीको सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्