Kathmandu Press

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्रीकाे राजीनामाकै विषयमा छलफल हुने

काठमाडौं, असार १७ : नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

स्थायी कमिटी बैठक सुरु हुनु अघि नेकपा अध्यक्षद्वय प....

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्रीकाे राजीनामाकै विषयमा छलफल हुने

काठमाडौं, असार १७ : नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

स्थायी कमिटी बैठक सुरु हुनु अघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। दुवै अध्यक्षबीचको छलफलपछि बैठक सुरु भएको जनाएको छ।

यस अघि प्रधानमन्त्री ओलीले बालुवाटारमै आफू निकट मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए। छलफलमा आफूलाई अप्ठ्यारो परेको र सहयोग गर्न आग्रह गरेका थिए। बैठकमा प्रचण्ड निकट मन्त्री तथा स्थायी कमिटी सदस्यलाई बोलाएको थिएन्।

मंगलबारको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो। मदन भण्डारी जन्मजयन्ती समारोहमा भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएपछि राजीनामाको विषय स्थायी कमिटीको बैठकमा प्रवेश गरेको हो।

बैठकमा बोलेका १८ मध्ये १७ सदस्यले राजीनामा दिनुपर्ने बताएका थिए। प्रधानमन्त्री ओलीले मात्रै आफ्नो बचाउ गरेका थिए।

आजको बैठकमा पनि राजीनामाकै विषयमा छलफल हुने जनाएको छ। प्रचण्ड र माधव नेपाल पक्षले राजीनामकै विषयमा जोड दिने भएका छन् भने ओली पक्षका नेताले त्यसको प्रतिवाद गर्ने तयारी गरेका छन्।

 

प्रकाशित मिति: १२:१९ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्