Kathmandu Press

विमानस्थलमा गरगहना परीक्षण तालीम सुरु

काठमाडौं, असार १७ : त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम सुरु भएको छ।

विमानस्थलमा गरगहना परीक्षण तालीम सुरु

काठमाडौं, असार १७ : त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम सुरु भएको छ।

भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आयोजनामा सञ्चालित उक्त तालीममा नौ कर्मचारी सहभागी छन्। यही असार २० गतेसम्म चल्ने सो तालीममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ।

सो अवसरमा प्रमुख भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले यस्तो कठिन अवस्थामा पनि महासंघले प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि उपलब्ध गराउन लागेकामा खुशी व्यक्त गर्दै यसले सरकार र महासंघबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। महासंघका अध्यक्ष रमेश महर्जनले आयात–निर्यातसँग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्यांकन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताए।

प्रकाशित मिति: ११:४३ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्