Kathmandu Press

पानी परेपछि सलहको जोखिम कम हुने

काठमाडौं, असार १७ : अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमै देखिए पनि प्रभाव ....

पानी परेपछि सलहको जोखिम कम हुने

काठमाडौं, असार १७ : अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ।

गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ। वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको संख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ। 'काठमाडौंमा देखा परेको सलहको झुण्ड ठूलो होइन' डा बूढाथोकीले भने। 

नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ।

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्