Kathmandu Press

आफु निकट मन्त्री र सांसद बोलाएर प्रधानमन्त्री ओलीले भने- 'सहयोग गरिदिनुहोस्'

काठमाडौं, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट सांसद र मन्त्रीलाई बोलाएर सहयोग गरिदिन आग्रह गरेका छन्।

बुधबार बिहान बालुवाटारमा....

आफु निकट मन्त्री र सांसद बोलाएर प्रधानमन्त्री ओलीले भने- 'सहयोग गरिदिनुहोस्'

काठमाडौं, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट सांसद र मन्त्रीलाई बोलाएर सहयोग गरिदिन आग्रह गरेका छन्।

बुधबार बिहान बालुवाटारमा भएको छलफलमा आफु अप्ठ्यारोमा रहेकाले सहयोग गरिदिन आग्रह गरेका हुन्।

मंगलबारको स्थायी कमिटी बैठकमा बोल्ने नेकपाका १८ मध्ये १७ सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि ओली संकटमा परेका छन्।

यहि संकट समाधानका लागि परामर्श लिन आज बिहान आफू निकट मन्त्री र सांसदलाई बालुवाटार बोलाएका थिए। करिब २ घन्टा भएको छलफलमा ओलीले आफुलाई अप्ठ्यारोमा पारिएको बताएका थिए।

छलफलमा सहभागि भएका एक नेता अनुसार ओलीले भनेका थिए, ‘मलाई अहिले अप्ठ्यारो परेको छ। मेरा पक्षमा बोलेर सहयोग गरिदिन पर्‍यो।’

 

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्