Kathmandu Press

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, असार १७ : कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ।

सांसद छत्यालको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरो....

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, असार १७ : कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ।

सांसद छत्यालको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौंमा निधन भएको हो। कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरका अनुसार उनी मुटसम्बन्धी रोगबाट पीडित थिइन्।

उनी २०७० सालको संविधान सभामा पनि सभासद थिइन्। उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने कुँवरले जानकारी दिए ।

 

प्रकाशित मिति: ११:०९ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्