बालुवाटार बैठकमा प्रधानमन्त्रीले भने, 'राष्ट्रिय एकता कायम गर्ने वेला पार्टीभित्रै कलह जन्मिनु राम्रो होइन'
काठमाडौं, असार १७ : बालुवाटार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कलह जन्मिनु राम्रो नभएको बताएका छन्।
मंगलबार बिहान आफू र माध....

काठमाडौं, असार १७ : बालुवाटार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कलह जन्मिनु राम्रो नभएको बताएका छन्।
मंगलबार बिहान आफू र माधवकुमार नेपाल निटकका मन्त्री तथा स्थायी कमिटी सदस्यहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका हुने। उनले पार्टीभित्र देखिएको कलह राम्रो नभएको बताएको उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए।
प्रधानमन्त्री ओलीले बोलाएको बैंठकमा सहभागी भएका मन्त्री भट्टले समसामयिक विषयमा छलफल भएको बताए। बैठक सकिएपछि उनले भने, 'प्रधानमन्त्रीले परिस्थिति जटिल भएकाले कसरी अगाडि बढ्ने भनेर परामर्श लिन बोलाउनु भएको थियो। कोरोना महामारी लगायत जटिलतालाई पनि पार लगाउनुपर्नेछ।'
प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग सरकारले गरेको राम्रो काम जनतासामु राम्रोसँग भन्न नसकेकाले पनि भ्रम छरिएको बताए थिए। उनले पार्टीभित्रको कहल राम्रो नभएको बताएको भट्टको भनाइ छ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री भट्टले भने, 'राष्ट्रिय एकता कायम गर्ने बेलामा पार्टीभित्रै कलह जन्मिनु राम्रो होइन भन्नु भएको छ।'
मंगलबारको स्थायी कमिटी बैठकमा राजीनामा मागिएपछि आज बिहानै प्रधानमन्त्री ओलीले बालुवाटारमा परामर्शका लागि बैठक बोलाएका हुन्। केहीबेरमै नेकपा स्थायी कमिटी बैठक बस्न लागेको छ।










