Kathmandu Press

बलात्कार मुद्दामा एक युवकलाई २४ वर्ष कैद

दमौली, असार १७ : बलात्कारको मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ....

बलात्कार मुद्दामा एक युवकलाई २४ वर्ष कैद

दमौली, असार १७ : बलात्कारको मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई बलात्कार गरेको अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो। १३ र १५ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा अदालतले उनलाई एउटा मुद्दामा १८ वर्ष कैद र ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो।

यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए।

पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहुँमा ल्याई बलात्कार गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो। घटनास्थल तनहुँ भएकाले उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

यसैगरी १४ वर्षीय बालिकालाई बलात्कार गरी बालविवाह गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका–१ का नवीन अर्जेललाई दुई वर्ष ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो।

साथै मुख्य अभियुक्त नवीनबाट पीडित बालिकालाई ५० हजार क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार उपाध्यायले जानकारी दिए।

सोही अभियोगमा बन्दीपुर गाउँपालिका–१ बस्ने सुकुमाया अर्जेललाई तीन महिना कैद र तीन हजार जरिवाना, व्यास नगरपालिका–१२ बस्ने सन्तोष सुनारलाई तीन महिना कैद र तीन हजार जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई तीन महिना कैद र रु तीन हजार जरिवानाको फैसला भएको छ।

चार जनाविरुद्ध विसं २०७६ जेठ ६ गते जबर्जस्ती करणी र बालविवाह मुद्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सात पटक पेशी सरेको थियो। (रासस)

प्रकाशित मिति: १०:०२ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्