Kathmandu Press

आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपिंदै

काठमाडौं, असार १७ : आज हरिशयनी एकादशी । मानव जीवनमा निकै महत्वपूर्ण मानिने बनस्पती तुलसीको बिरुवा आज घर–घरमा रोपिदैछ । आषाढ शुक्ल एकादशीका दिन त....

आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपिंदै

काठमाडौं, असार १७ : आज हरिशयनी एकादशी । मानव जीवनमा निकै महत्वपूर्ण मानिने बनस्पती तुलसीको बिरुवा आज घर–घरमा रोपिदैछ । आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ ।

तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ ।

तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्‍वास रहिआएको छ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत देशभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनहरु पुगेका छन् । यो पटक लकडाउन भएकाले विगतमा जस्तो मन्दिरमा भिडभाड भने कम रहेको छ ।

प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्