Kathmandu Press

दाङमा वडाध्यक्षसहित थप २१ जनामा कोरोनाको संक्रमण पुष्टि

घोराही, असार १६ : दाङमा वडाध्यक्षसहित थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग....

दाङमा वडाध्यक्षसहित थप २१ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

घोराही, असार १६ : दाङमा वडाध्यक्षसहित थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तलसीपुर उपमहानगरपालिकाका एक जना वडाध्यक्षसहित थप २१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु घोराही उपमहानगरपालिाका एक महिला र १० जना पुरुष, तुलसीपुर उपमहानगरपालिकाका एक जना वडाध्यक्षसहित ६ जना पुरुष र शान्तिनगर गाउँपालिकामा तीन पुरुष र एक महिला रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।

योसँगै दाङमा कोरोना संक्रमितको संख्या ५८३ पुगेको छ। 

मंगलबारमात्रै देशभर थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १९४ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै देशभर कोरोनालाई जितेर ६० जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १९:५३ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्