राष्ट्रिय दादुरा–रुबेला खोप अभियान पुन: सञ्चालन
काठमाडौं, असार १६ : स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सञ्च....

काठमाडौं, असार १६ : स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सञ्चालन गरेको छ। खोप अभियानमा एनसेल प्राईभेट लिमीटेडले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफलाई सघाउँदै आएको छ।
गत वर्ष फागुनमा शुरु गरिएको खोप अभियान लकडाउनका कारण रोक्किएको थियो। लकडाउन केही खुकुलो भएसँगै अभियालाई निरन्तरता दिँदै महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै र अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई खोप लगाउने कार्य भइरहेको छ।
काठमाडौं महानगरपालिकाभित्र रहेका १ लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने सरकारी लक्ष्य छ। एनसेलले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्याई बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निर्मूल गर्ने विश्वास लिएको छ।
एनसेलले सरकारकालाई कोरोना भाइरससम्बन्धि जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै आएको छ। यसअघि एनसेलले डेङ्गुबारे जनसचेतना अभिवृद्घिका लागि पनि सहयोग गरेको थियो।











