Kathmandu Press

अमेरिकी डलर कमजोर, बजार भाउ घट्ने

काठमाडौं, चैत ५ : पछिल्ला दिनहरूमा नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक डलर बराबर १०९ रुपैयाँ ९५ पैसा तो....

अमेरिकी डलर कमजोर, बजार भाउ घट्ने

काठमाडौं, चैत ५ : पछिल्ला दिनहरूमा नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक डलर बराबर १०९ रुपैयाँ ९५ पैसा तोकेको छ।

सन् २०१८ मा लगानीकर्ताको विश्वास बढ्दा अमेरिकी अर्थतन्त्र मजबुत भए पनि चीनसँग व्यापार टकराव भएपछि डलर कमजोर हुन थालेको हो।

डलर कमजोर हुदाँ विदेशबाट नेपालमा रेमिट्यान्स पठाउनेहरूलाई असर पर्ने छ  भने पर्यटन क्षेत्रमा समेत केही असर पर्ने देखिएको छ । यता डलरमा आयात गरिएका वस्तु तथा सेवाको लागत कम भई बजार भाउ भने सस्तो हुने छ । त्यस्तै हवाई टिकको समेत मूल्य घट्ने छ।

पेट्रोलियम पदार्थको भाउमा कमी हुने छ भने विदेशबाट आयातित वस्तुको भाउ पनि घट्ने छ । भारत तथा तेस्रो मुलुकबाट आउने सवारी साधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लुगाकपडाको पनि भाउ घटने छ।

त्यस्तै, राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार घट्ने छ । डलरमा ऋण तिर्न सरकारले कम रकम खर्च गरे हुन्छ ।

प्रकाशित मिति: १३:४४ बजे, मंगलबार, चैत ५, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्