अज्ञात समूहको कुटपिटबाट घाइते भएका वडाध्यक्षलाई थप उपचारका लागि काठमाडौं रेफर
तुलसीपुर, असार १६ : अज्ञात समूहको आक्रमणबाट घाइते भएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकोप्टर चार्टर गरी काठमाड....

तुलसीपुर, असार १६ : अज्ञात समूहको आक्रमणबाट घाइते भएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकोप्टर चार्टर गरी काठमाडौं लगिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार अज्ञात समूहको प्रहारबाट टाउको, खुट्टालगायतमा चोट लागेका डाँगीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको हो।
चार जनाको समूहमा आएका व्यक्तिले वडाध्यक्ष डाँगीलाई मध्याह्न १२ बजे वडा कार्यालय नजीकै आक्रमण गरेको प्रहरीले बताएको छ। घटनास्थल नजीकै नेत्रविक्रम चन्द समूहको पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











