Kathmandu Press

क्वारेन्टाइनमा रहेका दश हजार जना घर फिर्ता

दाङ, असार १६ : दाङमा क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा कमी आएको छ। भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६ सय ९४ जना क्वारेन्टाइनमा बसेका मध्ये हा....

क्वारेन्टाइनमा रहेका दश हजार जना घर फिर्ता

दाङ, असार १६ : दाङमा क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा कमी आएको छ। भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६ सय ९४ जना क्वारेन्टाइनमा बसेका मध्ये हालसम्म झण्डै दश हजार जना घर फर्केका छन्। 

तीमध्ये पाँच सय जनामा कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका छन्। बाँकी एक हजार ५६८ जना मात्रै अब क्वारेन्टाइनमा रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कमल चन्दले जानकारी दिए।

जिल्लामा क्वारेन्टइनमा रहेकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ४ सय ५६ जना छन्। तुलसीपुर उपमहानगरपालिकामा १ सय ७३ र  लमही नगरपालिकामा ४४ तथा गाउँपालिका राजपुरमा ६९, राप्तीमा ३२५, शान्तिनगरमा ७६, बंगलाचुलीमा ४३, गढवामा १२६, बबईमा १६४ र दंगीशरणमा ९२ बाँकी छन् । 

दाङमा हालसम्म जाँच गरिएकामध्ये आठ हजार ९ सय ५७ जनाको नतिजा नेगेटिभ र ५६२ जनाको पोजेटिभ आएको छ। अहिलेसम्म कूल नौ हजार ५१९ जनाको पीसीआर जाँच गरिएको तथा तीन हजार २ सय ९३ जनाको आरडिटी गरिएको थियो।

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्