Kathmandu Press

केन्द्रीय समिति पूर्णताको माग गर्दै नेविसंघद्वारा सानेपामा प्रदर्शन

काठमाडौं, असार १६ : नेपाल विद्यार्थी संघका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।

नेविसंघ केन्द्रीय समितिला....

केन्द्रीय समिति पूर्णताको माग गर्दै नेविसंघद्वारा सानेपामा प्रदर्शन

काठमाडौं, असार १६ : नेपाल विद्यार्थी संघका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।

नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिएर महाधिवेशन उन्मुख बनाउन माग गर्दै नेविसंघका कार्यकर्ताले मंगलबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्।

नेविसंघको पूर्वकोषाध्यक्ष शिव रिमालको नेतृत्वमा पूर्वकेन्द्रीय सदस्य सुशील तिमल्सेनालगायत ४० जनाको समूहले पार्टी नेतृत्वका कारण संघको केन्द्रीय समिति अपूर्ण रहेको भन्दै प्रदर्शन गरेका थिए।

केन्द्रीय समिति पूर्ण नभएकाले नेविसंघ कोमाको गएकाले विरोधमा उत्रिनु परेको नेविसंघ प्रविधिक विद्यार्थी परिषद्का निवर्तमान अध्यक्ष भुवन भट्टले बताए।

६ महिनाभित्र महाधिवेशन गर्न गठन गरिएको समितिमा अब करिब एक महिना बाँकी हुँदा पनि १० जनासदस्यमा सीमित हुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए।

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, असार १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्