Kathmandu Press

पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला सात पुग्यो 

काठमाडौं, असार १६ : नेपालको ७७ जिल्लामै कोरोनाको संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख....

पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला सात पुग्यो 

काठमाडौं, असार १६ : नेपालको ७७ जिल्लामै कोरोनाको संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ।

हालसम्मका संक्रमण पुष्टि भएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका नागरिकहरु रहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन्। भारतसँग सीमा जोडिएका जिल्लामा बढी संक्रमण देखिएको हो।

देशभर कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएको जिल्ला सात पुगेको छ। 

त्यसमध्ये प्रदेश २ का तीन जिल्लामा संक्रमितको संख्या पाँच सय नाघेको छ। महोत्तरी, सर्लाही र रौतहटमा पाँच सय भन्दा बढी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले बताए।

त्यसैगरी प्रदेश ५ का दुई जिल्ला कपिलवस्तु र दाङमा पनि कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ। 

कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिमको कैलालीमा पनि संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको प्रवत्ता गौतमले बताए।

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्