Kathmandu Press

कोरोना संक्रमितको संख्या १३ हजार पाँच सय ६४, कुन प्रदेशमा कति ?

काठमाडौं, असार १६ : मंगलबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्....

कोरोना संक्रमितको संख्या १३ हजार पाँच सय ६४, कुन प्रदेशमा कति ?

काठमाडौं, असार १६ : मंगलबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ।

साथै कोरोनामुक्त भएर मंगलबारमात्रै ६० जना घर फर्किएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ हजार एक सय ९४ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

उनका अनुसार मंगलबार प्रदेश १ मा थप १२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। योसहित प्रदेश १ मा कुल संक्रमितको संख्या ५९५ पुगेको छ। 

प्रदेश २ मा मंगलबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ९४ पुगेको छ। 

त्यस्तै वागमती प्रदेशमा मंगलबार थप १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। प्रदेशमा कुल संक्रमित ४२८ पुगेको छ। 

त्यस्तै गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १७ पुगेको छ। 

प्रदेश ५ मा मंगलबार ४७ नयाँ संक्रमित फेला परेका छन्। योसहित प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या तीन हजार आठ सय सात पुगेको छ। 

त्यस्तै कर्णाली प्रदेशमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णालीमा कुल कोरोना संक्रमितको संख्या १४ सय ६६ पुगेको हो।

सुदूरपश्चिम प्रदेशमा मंगलबार सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। एक सय २१ जना नयाँ संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या २४ सय ५७ पुगेको छ।

प्रकाशित मिति: १७:०८ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्