काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, असार १६ : काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला....

काठमाडौं, असार १६ : काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
संक्रमितहरु काठमाडौंका सात पुरुष र पाँच महिला गरी १२ जना, ललितपुर र भक्तपुरका एक–एक जना पुरुषमा रहेको उनले बताए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ६० जना घर फर्किएका छन्।











