टिचिङ अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, असार १६ : त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
म्याग्दी स्थायी घर भए....

काठमाडौं, असार १६ : त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
म्याग्दी स्थायी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो।
शिल्यक्रिया गर्नुअघि शिशुको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए।
शिशुलाई अस्पतालकै आइसोलेन वार्डमा राखिएको छ। शिशुको आमा तथा परिवारको भने पाँच दिनपछिमात्र स्वाब संकलन गरि परीक्षण गरिने उनले बताए।
प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











