हालसम्म संक्रमित भएकामा ९४ प्रतिशत विदेशबाट आएकाहरु : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं, असार १६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हालसम्मका संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका नागरिक रहेको बातएका छन्।
....
काठमाडौं, असार १६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हालसम्मका संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका नागरिक रहेको बातएका छन्।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनद्वारा सहयोग प्राप्त स्वास्थ्य सामग्री बुझ्दै उनले ९४ प्रतिशत विदेशबाट आएका नागरिकमा संक्रमण पुष्टि भएको र बाँकी ६ प्रतिशतमात्र समुदाय स्तरमा फेला परेको बताएका हुन्।
मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेकोसमेत जानकारी दिए ।
मन्त्री ढकालले देशभरका २२ वटा पीसीआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ जनाको परीक्षण भइरहेको बताए। साथै अबको केही दिनमै ल्याबको संख्या बढाएर ३३ पुर्याई दैनिक १० हजार जनाको स्वाब परीक्षण गर्ने तयारी रहेको बताए।
फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई ७ वटा भेन्टीलेटरसहित गगल्स तीन सय थान, सर्जिकल मास्क एक हजार एक सय ५० थान, डिस्पोजेबल कभर पाँच सय ५० थान, ग्लोब्स २० हजार थान, बुट चार सय ५० थान, स्यानिटाइजर दुई सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड पाँच लिटरको चार सय ५० ग्यालेन र साबुन १५ हजार पिस प्रदान गरेको छ।
एक करोड ५७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ। पहिलो चरणमा केही थान मास्क, स्यानिटाइजर, साबुन, गगल्सलगायतका सामग्री उपलब्ध गराएको र दोस्रो चरणमा भेन्टीलेटर उपलब्ध गराउने रेडक्रसले जनाएको छ।











