अज्ञात समूहद्वारा वडाअध्यक्षमाथि कुटपिट
काठमाडौं, असार १६ : दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्षमाथि अज्ञात समूहले आक्रमण गरेको छ। आफनै कार्यकक्षमा बसिरहेका फर्साराम डाँगीमाथि मंगलबार ब....

काठमाडौं, असार १६ : दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्षमाथि अज्ञात समूहले आक्रमण गरेको छ। आफनै कार्यकक्षमा बसिरहेका फर्साराम डाँगीमाथि मंगलबार बिहान कुटपिट भएको हो।
अज्ञात समूहले डाँगीमाथि लाठी प्रहार गरेको छ। उनको टाउको र हातमा चोट लागेको छ। अज्ञात समूहले उनीमाथि कालोमोसो दल्ने प्रयास समेत गरेका थिए।
कुटपिटबाट घाइते भएका डाँगीलाई तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
डाँगीमाथि कुन समूहले किन अक्रमण गर्यो भन्नबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











