मसँग पनि फिल्म खोसिएका थिए, खुब रुन्थेँ : प्रियंका चोपडा
काठमाडौं, असार १६ : बलिउड अभिनेत्री प्रियंका चोपडाले सुरुआति दिनमा आफूबाट पनि फिल्म खोसिएको बताएकी छन्। फिल्म खोसिँदा खुब रुन गरेको उनले सुनाएकी छन्।<....

काठमाडौं, असार १६ : बलिउड अभिनेत्री प्रियंका चोपडाले सुरुआति दिनमा आफूबाट पनि फिल्म खोसिएको बताएकी छन्। फिल्म खोसिँदा खुब रुन गरेको उनले सुनाएकी छन्।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा हाबी परिवारवाद र नातावादका विषयमा चर्चा हुन थालेको छ। सुशान्तका प्रशंकले बलिउडमा हुने परिवादका कारण उनले आत्महत्या गरेको भन्दै आलोचना गर्दै आइरहेका छन्।
केही बलिउड कलाकारले पनि परिवारवादको विरोध गरेका छन्। उनीहरु पनि सुशान्तको निधनपछि बोल्न थालेका छन्।
यस्तैमा अभिनेत्री प्रियंकाले पनि बलिउडमा हुने नातावादका विषयमा बोलेकी हुन्। उनले भनेकी छन्, सुरुआतमा मैले खेल्ने तयारी गरेका फिल्म खोसिने गरेका थिए। फिल्म खोसिँदा खबु रुन्थेँ।
परिवारवाद र नातावादकै कारण आफूले खेल्ने तयारी गरेका फिल्म खोसेर अरुलाई दिने गरेको खुलाएकी छन्। जसले गर्दा सुरुआति दिनमा खुब पीडा खेपेको उनले बताएकी छन्।
यससँगै उनको पूरानो भिडियो पनि भाइरल भइरहेको छ। त्यसमा पनि उनले नातावादको विषय उठाएकी थिइन्।
बलिउडमा बाहिरबाट आउन कठिन भएको उनले बताएकी छन्। त्यस्तै, उनले बलिउड हस्तीका छोराछोरीलाई पनि टिकीरहन गाह्रो हुने गरेको बताएकी छन्। उनीहरुले सजिलै फिल्म पाउने भएपनि परिवारको शाख जोगाउने प्रेसर हुने गरेको बताएकी छन्।












