नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री पनि सहभागी
काठमाडौं, असार १६ : सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ।
स्थायी कमिटी बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र....

काठमाडौं, असार १६ : सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ।
स्थायी कमिटी बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार भइरहेका प्रयासबारे सदस्यहरुले धारणा राख्न सुरु गरेका छन्। यससँगै सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका विषयमा पनि सदस्यहरुले बोल्ने जनाएको छ।
त्यस्तै, अमेरिकी सहयोग एमसीसी सम्झौता, नागरिकता विधेयक, रुकुम घटना, संघीय संसदका सदस्यहरूको भत्ताका विषयमा पनि स्थायी समितिको बैठकको एजेन्डा रहेका छन्।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेका छन्। यस अघिका दुई बैठकमा प्रधानमन्त्री ओली बसेका थिएनन्।
असार १० गतेदेखि जारी बैठकमा पहिलो दिन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। यस्तै दोस्रो र तेस्रो दिन नेपाल–भारत सीमा विवादका विषयमा सदस्यहरुले धारणा राखेका थिए।











