प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार
सुनसरी, असार १६ : सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफ्नै कञ्चटमा गोली प्रहार गरेका छन्। गोली लागेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु....

सुनसरी, असार १६ : सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफ्नै कञ्चटमा गोली प्रहार गरेका छन्। गोली लागेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु भएको छ।
जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आफ्नै कञ्चटमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उनले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए।
दाहिने कञ्चटमा गोली हानेपछि उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारको क्रममै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।
घटनाको कारण भने खुलेको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। (रासस)











