Kathmandu Press

नेपाल क्रिकेट संघका चार समितिमा ११ सदस्य मनोनित

काठमाडौं, असार १६ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्ना चार समिति विस्तार गरेको छ।

क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र ....

नेपाल क्रिकेट संघका चार समितिमा ११ सदस्य मनोनित

काठमाडौं, असार १६ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्ना चार समिति विस्तार गरेको छ।

क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो। प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई सदस्य बनाइएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

त्यस्तै सञ्जयराज सिंह संयोजक रहेको प्राविधिक समितिमा वीरेन्द्रबहादुर चन्द, अमितवीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङलाई सदस्यमा मनोनयन गरिएको छ।
रोशनकुमार सिंहको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ। उक्त समितिका सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक छन्।

सञ्चार समितिको संयोजकमा अशोकनाथ प्याकुरेल तथा सदस्यमा भानुभक्त सिग्देललाई सदस्यका रूपमा चयन गरिएको छ। अध्यक्षमा चन्द निर्वाचित भएपछि क्यानको पहिलो बोर्ड बैठकले चार समिति गठन गरेको थियो। “हामीले अन्य समिति बनाउने योजना बनाएका छौँ,” अध्यक्ष चन्दले भने।

प्रकाशित मिति: १०:२८ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्