लकडाउनविरुद्ध ट्याक्सी चालकको काठमाडाैंमा प्रदर्शन
काठमाडौं, असार १६ : ट्याक्सी चालकहरुले लकडाउनविरुद्ध काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मं....

काठमाडौं, असार १६ : ट्याक्सी चालकहरुले लकडाउनविरुद्ध काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान सिंहदरबार, केशरमहल, जावलाखेल, गौशाला, कोटेश्वर, गोंगबु, महाराजगञ्ज, थापाथलीलगायतका क्षेत्रमा प्रदर्शन गरेका हुन्। लकडाउनका कारण समस्यामा परेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। करिब तीन सय ट्याक्सी चालकलाई नियनत्रणमा लिएको महानगरीय टफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए। अहिले सार्वजनिक सवारी साधन चलाउन नपाइने भएकाले नियन्त्रणमा लिइएको उनले बताए।
ट्याक्सी व्यवसायीले भने यसको विरोध गरेका छन्। शान्तिपूर्ण प्रदर्शनमा पनि प्रहरीले दमन गरेको बताएका छन्। प्रहरीले गरेको दमनविरद्ध फेरि प्रदर्शन गर्ने उनीहरुले बताएका छन्।
लामो लकडाउनका कारण सार्वजनिक यातायात ठप्प छ। जसले गर्दा यातायात व्यवसायीसँगै मजदुर समस्यामा परेका छन्। उनीहरुले सुरक्षित रुपमा ट्याक्टी चलाउन पाउनुपर्ने माग गरेका छन्।











