कोरोना भाइरसको अझै खराब समय आउने डब्लूएचओको चेतावनी
काठमाडौं, असार १६ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने भएको छ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्....

काठमाडौं, असार १६ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने भएको छ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लूएचओको एउटा टोली चीन पठाउन लागेको डब्ल्यूएचओले जनाएको हो ।
कोभिड–१९ को राजनीतिकरणका कारण विश्व विभाजित भइरहेका बेला डब्लूएचओले भने कोरोना भाइरसको सबैभन्दा खराब समय आउन अझै बाँकी रहेको चेतावनी दिएको छ ।आउँदो हप्ता चीन जाने टोलीले विश्वभर महामारी फैलाउने भाइरसको स्रोत कहाँ हो भन्ने पत्ता लगाउने कोशिस गर्ने जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनाम गिब्रयेसासले भिडियो प्रेस कन्फ्रेन्समा भने, ‘जब हामीलाई भाइरसका बारेमा सबै कुरा थाहा हुन्छ, बल्ल त्योसँग राम्रोसँग लड्न सकिन्छ । यो कहाँबाट आएको भन्ने पत्ता लगाउनु जरुरी छ । हामी आउने हप्ता एक टोलीलाई चीन पठाउँदै छौं । यसबाट भाइरसका बारेमा बुझ्न मद्दत मिल्ने आशा छ ।’
वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् ।











