Kathmandu Press

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु

बुटवल, असार १५ :  रुपन्देहीमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

सोमबार लु ५२ प ६२२९ नम्बरको मोटरसाइ....

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु
सांकेतिक

बुटवल, असार १५ :  रुपन्देहीमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

सोमबार लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार सैनामैना नगरपालिका–८ कलौनीमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको हो। 

दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु पाण्डेले बताए।  कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: २०:०० बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्