Kathmandu Press

व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत छैन :  प्रधानमन्त्री

काठमाडौं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको दुविधा नराख्न स्पष्ट पारे....

व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत छैन :  प्रधानमन्त्री
फाइल

काठमाडौं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको दुविधा नराख्न स्पष्ट पारेका छन्।

 नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सव समारोहलाई भिडियो सम्बोधन गर्दै उनले व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत नभएको बताएका हुन्। उनले  निजी क्षेत्रसँग मिलेर नै सरकारले आफ्ना गतिविधि अगाडि बढाउने भएकाले व्यवसायीलाई अप्ठ्यारो बनाउनेतर्फ सोच्न पनि नसकिने स्पष्ट पारे। 

 प्रधानमन्त्रीले उद्योगी तथा व्यवसायीको भूमिकाको समेत सरकारले कदर गर्ने उल्लेख गरे।  उनले भने, “देशको विकास र समृद्ध नेपालको प्रयासमा हामी मिलेर नै अगाडि बढ्ने हो । सरकारको नियत हतोत्साही गर्ने, असहयोग गर्ने नीति नै छैन । त्यस्तो विषयमा सोच्नसमेत सकिँदैन।”

निजी क्षेत्रकै आग्रहमा सरकारले अख्तियारसम्बन्धी विधेयक अगाडि नबढाइएको र नियमन गर्ने निकाय अरु नै रहेकोसमेत उनले स्पष्ट पारे। उनले भने, “निजी क्षेत्रको भ्रष्टाचारसम्बन्धी काम कारवाही हेर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि प्रवेश दिने कानूनबाट अहिलेलाई सरकार पछि हटेको छ। व्यवसायीको आग्रहबमोजिम नै सरकार यो विषयबाट पछि हटेको हो।'

 उद्योग व्यवसायका क्षेत्रमा परेको समस्या समाधानका लागि सरकारले आवश्यक निर्णय गर्ने उनको भनाइ थियो। 

प्रकाशित मिति: १९:५४ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्