Kathmandu Press

अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालय बाराका लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौं, असार १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकि....

अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालय बाराका लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौं, असार १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ। 

आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म तीन करोड चार लाख ९४ हजार ३०८ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनीरुपमा आर्जन गरेको पाइएको छ। 

ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा तीन करोड १५ लाख ७५ हजार १६ रुपैयाँ बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ। स्रोत खुल्न नआएको उक्त सम्पत्ति अवैध रहेको आयोगले ठहर गरेको छ। 

यस्तै आयोगले ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात दुई करोड ७६ लाख ४४ हजार रुपैयाँसमेत जफत गर्न माग गरेको छ। आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्