Kathmandu Press

सर्पको डसाइबाट बालिकाको मृत्यु

कञ्चनपुर, असार १५ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ। 

सर्पको डसाइबाट बालिकाको मृत्यु

कञ्चनपुर, असार १५ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ। 

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको हो।  

शनिबार राति कोठामा सुतिरहेको समयमा बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको थियो। सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सेती अस्पतालमा पुर्‍याइएको थियो।  

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्