Kathmandu Press

न्यातपोल मन्दिर पुर्नर्निमाणमा जनश्रमदान गर्नेको भीड 

काठमाडौं, असार १५ : भक्तपुरको प्रसिद्ध ऐतिहासिक न्यातपोल  मन्दिर पुर्ननिमार्णको काम अन्तिम चरणमा पुगेको छ। मन्दिर निर्माणमा जनश्रमदान गर्न आउनेको....

न्यातपोल मन्दिर पुर्नर्निमाणमा जनश्रमदान गर्नेको भीड 

काठमाडौं, असार १५ : भक्तपुरको प्रसिद्ध ऐतिहासिक न्यातपोल  मन्दिर पुर्ननिमार्णको काम अन्तिम चरणमा पुगेको छ। मन्दिर निर्माणमा जनश्रमदान गर्न आउनेको भीड बढेकोे छ। 

मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूका अनुसार मन्दिरमा सोमबार ३ सय भन्दा बढीले जनश्रमदान गरेका छन्। 

नेपालकै अग्लो र संसारमै परिचित मन्दिरको जीर्णोद्धारमा आफ्नो सहभागिता जनाउन सबैजना उत्साहित देखिएको उनी बताउँछन्। 

जनश्रमदानमा अधिकांश महिलाहरुको सहभागिता रहेको छ। 

मन्दिरको जीर्णोद्धार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको भक्तपुर नगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्