Kathmandu Press

दाङमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित 

काठमाडौं, असार १५ : दाङमा एकैदिन थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीम....

दाङमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित 

काठमाडौं, असार १५ : दाङमा एकैदिन थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको परीक्षणमा दाङका थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। संक्रमितहरुमध्ये ३६ जना पुरुष र २२ जना महिला रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २४८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन्।  प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १२१ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्