Kathmandu Press

काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १५ :  काठमाडौं उपत्यकामा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल....

काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १५ :  काठमाडौं उपत्यकामा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

संक्रमितहरु काठमाडौंका तीन पुरुष र दुई महिला  तथा ललितपुरका एक जना पुरुष रहेको उनले बताए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २४८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन्।  प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १२१ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्