राजस्व कार्यालयको रकम हिनामिना गरेको आरोपमा वीरेन्द्रनगरका प्रशासन सहायक पक्राउ
काठमाडौं, असार १५ : भैरहवास्थित वीरेन्द्रनगर नगरपालिकाको ४ का प्रशासन सहायक (करार सेवा) रत्न बहादुर विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्र....

काठमाडौं, असार १५ : भैरहवास्थित वीरेन्द्रनगर नगरपालिकाको ४ का प्रशासन सहायक (करार सेवा) रत्न बहादुर विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
उनले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको भन्ने सूचना आधारमा अुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
उनलाई आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार उनकै घरबाट नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: १६:२३ बजे, सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











