Kathmandu Press

प्रदेश ५ मा सकियो ४७ प्रतिशत रोपाइँ 

रुपन्देही, असार  १५ : प्रदेश ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ सकिएको छ।  कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्....

प्रदेश ५ मा सकियो ४७ प्रतिशत रोपाइँ 

रुपन्देही, असार  १५ : प्रदेश ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ सकिएको छ।  कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ। 

यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका सहायक सूचना अधिकृत अनिलकुमार कानु बनियाँले जानकारी दिए। यही असार १५ गतेसम्म रुपन्देहीमा ५६ दशमलव २९, पाल्पामा २१ दशमलव ९, अर्घाखाँचीमा २७ दशमलव ९२, कपिलवस्तुमा ४० र  दाङमा २६ दलमलव ७६ प्रतिशत रोपाइँ भएको छ।

Hardik ivf

यसैगरी बाँकेमा ३७ दशमलव ९६, बर्दियामा ५४ दशमलव ८२ प्रतिशत र  रुकुम(पूर्व) मा  ७३ दशमलव ०५, प्युठानमा ९६ दशमलव १३  र रोल्पामा ५८ दशमलव ६३ प्रतिशत रोपाइँ सकिएको सहायक सूचना अधिकृत बनियाँले बताए।  प्रदेशमा गत वर्ष तीन लाख एक हजार २८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा  १२ लाख ५३ हजार ८९ मेट्रिक टन उत्पादन भएको थियो। 

प्रदेश सरकारले धान उत्पादन वृद्धि गर्न विभिन्न जिल्लालाई धान सुपर जोनका रुपमा घोषणा गरी कार्यक्रम लागू गरेको छ।

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्