Kathmandu Press

ललितपुरमा धान रोप्दै नेता गौतम 

काठमाडौं, असार १५ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरक....

ललितपुरमा धान रोप्दै नेता गौतम 

काठमाडौं, असार १५ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी भएका छन्। 

उनले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राखे। नेपाल किसान महासंघका इन्चार्जसमेत रहेका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु¥याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताए।

उनले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताए। नेता गौतमले खासखास ठाउँमा नोक्सान पु¥याउने भए तापनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपु¥याउने दाबी गरे।

प्रकाशित मिति: १५:०८ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्