लागुपदार्थ सेवन गर्नेको संख्या बढेपछि पशुपति क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन
काठमाडौं असार १५ : पशुपति क्षेत्र वरपर लागुपदार्थ सेवन गर्ने मानिसको संख्या बढेको भन्दै स्थानीयले गुनासो गरेपछि पशुपति क्षेत्र विकास कोषले सुरक्ष....

काठमाडौं असार १५ : पशुपति क्षेत्र वरपर लागुपदार्थ सेवन गर्ने मानिसको संख्या बढेको भन्दै स्थानीयले गुनासो गरेपछि पशुपति क्षेत्र विकास कोषले सुरक्षा व्यवस्था कडा पारेको छ। पशुपति परिसरमा गौशला प्रहरी प्रशासन र पशुपति क्षेत्र विकास कोषका थप सुरक्षाकर्मी परिचालन गरिएको हो।
लकडाउनको कारण मन्दिर परिसरमा मानिसको संख्या कम हुँदा लागु पदार्थ सेवन गर्नेको संख्या बढेकोले सुरक्षा व्यवस्थापनमा कडाई गरिएको कोषको जनाएको छ।
कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार लकडाउन भएपछि पहिलाको तुलनामा कम सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षकर्मी नदेखेपछि गाजा सेवन गर्ने मानिसहरुको संख्या बढेको हुन सक्ने उनले बताए।
लकडाउनको समयमा गाजा गोट्टी खाएर बसेका १५ देखि २० जना कारवाहीमा परिसकेका छन्।
'अधिकांशलाई माफी मागेको आधारमा सचेत गराई छोडिएको छ।' उनले भने, 'पटक पटक आउनेहरुलाई भने कारवाही गरेका छौं।'











